संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने-यसको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ

संविधान दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने-यसको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबै विचार, समुदाय, भूगोल, लिङ्ग, जाती र धर्मका भावनालाई संविधानले संरक्षण गरेको बताए ।

संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै ओलीले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सन नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ । यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ ।’

प्रधानमन्त्रीले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै दशकौँ लामो संघर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले वर्तमान संविधान निर्माण गरेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’

‘यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ। सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना !’