ग्राण्डीमा उपचार गरेर फर्किए प्रधानमन्त्री ओली

ग्राण्डीमा उपचार गरेर फर्किए प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा चेकअप गरेर फर्किएका छन् । उनी सोमबार बिहान नियमित स्वास्थ्य परीक्षणको लागि पुगेको अस्पतालले जनाएको छ ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ ।