काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अगिन् सापकोटाबीच भेटवार्ता भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास पुगेका सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच करिब दुई घण्टा कुराकानी भएको थियो ।
प्रधानमन्त्री र सभामुखबीच आइतबार भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको जानकारी दिए ।
त्यस्तै सभामुखको सचिवालयले उनीहरुबीचको भेटमा संसद् सञ्चालनका विषयमा छलफल भएको जनाएको छ ।




प्रतिक्रिया