काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोली सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् ।
सभामुख सापकोटाले जेठ २८ गते बोलाएको बैठकमा उनी सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाण्डुपाटीलाई बताए । प्रधानमन्त्री कार्यालय सिंहदरबार भएको भन्दै उनले सभामुखले पार्टी कार्यालयमा बैठकमा आउने विषयमा पत्र पठाउनु गलत भएको बताए ।
‘प्रधानमन्त्रीलाई कहाँ पत्र पठाउनुर्छ भन्ने कुरा उहाँलाई थाहा रहेनछ । बालुवाटार र सिंहदरबारमा पत्र पठाउनुपर्ने हो’, उनले भने ।
सभामुख सापकोटाले शुक्रबार संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसहितको सर्वदलीय बैठक बोलाएका छन् ।





प्रतिक्रिया