काठमाण्डु – नेकपा एमालेले अबदेखि पार्टीको औपचारिक कार्यक्रममा वक्ताबाहेक अरु अतिथिलाई आशन ग्रहण नगराउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टीको औपचारिक कार्यक्रममा वक्ताबाहेक अन्य अतिथिलाई आशन ग्रहण नगराउन निर्देशन दिएका हुन् । अतिथि आसनको लर्कोले कार्यक्रम पट्यारलाग्दो हुने उनको भनाई थियो ।
‘एउटा कार्यक्रममा पाँचजनासम्म वक्ता राखौं । यसमा व्यक्ति हेरेर होइन नियम नै बनाऔं । खादा मालाको खात लगाउने पनि होइन,’ उनले भने, ‘नेता भनेको सेवक हो, हाकिम होइन । आफ्नो समाज अनुकूल चल्ने र जनतासँग जोडिने व्यक्ति नेता हो ।’




प्रतिक्रिया