बुढीगण्डकी भ्रष्टाचारबारे बाबुरामलाई प्रधानमन्त्रीको जवाफः जनता भड्काउने काम नगर्नू

बुढीगण्डकी भ्रष्टाचारबारे बाबुरामलाई प्रधानमन्त्रीको जवाफः जनता भड्काउने काम नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपको खण्डन गरेका छन् । बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको भन्ने आरोप लगाएपछि प्रधानमन्त्री ओलीले आफूहरुले अनैतिक अर्कत नगर्ने बताएका छन् ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सरकारले भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलताको नीति लिएको बताएका छन् ।

‘देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर, गलत बाटोमा लाने कुचेष्टा त्यस्ता हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य निष्ठा जिम्मेवारीभावका साथ मात्रै अगाडी बढ्न सक्दछौं । हामी त्यस्तो गैह्रजिम्मेवार र अनैतिक हुन सक्दैनौं, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं,’ उनले भने, ‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’

केही दिन अगाडि डा. भट्टराईले प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल प्रचण्डर शेरबहादुर देउवाले बुढीगण्डकी आयोजनाको ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले आफुहरु जिम्मेवार भएर मात्रै अगाढी बढ्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारबिरुद्धको सून्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भुमिका उल्लेख्य हुने बताए ।

‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, उनले भने ।