काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका छन् ।
आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको छ ।
आज बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले दोस्रो तहका नेताहरुको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ ।




प्रतिक्रिया