काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखेका छन् ।
शनिबार प्रधानन्त्री निवास बालुवाटारमा बसेको सवंदलीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सभामुखले काम गर्न नदिएर संसदलाई बन्धक बनाएको भन्दै आक्रोश पारेका हुन् । बैठकबाट बाहिरिएका राप्रपाका नेता प्रकाशचन्द्र लाहनीले प्रधानमन्त्री ओलीले संसदीय काम कारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाएको बताए ।
‘बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्नुभयो, काम गर्नै नदिएको भन्नुभयो’ नेता लोहनीले भने ।
उनले ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेको बताए । ‘प्रधानमन्त्रीले कोरोना नियन्त्रणबारे सुझाव माग्नुभएको थियो । हामीले कोरोना नियन्त्रणका विषयमा ६/७ बुँदामा सुझाव दियौं,’ उनले भने ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी छन् ।




प्रतिक्रिया