काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको मन मिले एकताबद्ध भएर जाने मन नमिलेमा जति कसिकसाउ गरे पनि पार्टी फुट्न सक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सांसदहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश कुनै दललाई लक्षित गरेर नल्याइएको स्पष्ट गर्दै राजनीतिक पार्टीहरु कानुनले बाधिन नसक्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ ल्याउनुको औचित्य सांसदहरूलाई जानकारी गराएका थिए ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेश नेकपालाई लक्षित गरेर नल्याइएको समेत स्पष्ट पारे । प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै नेकपाका एक सांसद भने ‘मन मिलिनरहंदा जति प्रतिशत भए पनि मिलेर बस्न सकिहालिन्छ, नमिलेमा जति गरे पनि फुटिहालिन्छ । अध्यादेश व्यक्तिगत स्वतन्त्रताका लागी ल्याइएको हो कुनै दललाई लक्षित गरेर होईन ।’
प्रधानमन्त्री ओलीले आज सवै प्रदेशका सांसदहरुसंग छलफल गरेका छन् । छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र पुर्व सभामुख सुवासचन्द्र नेम्वांगलगायतका नेता समेत सहभागी थिए ।




प्रतिक्रिया