काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
घरभित्रै लडेर घाइते भएका उपाध्यक्ष गौतमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अोली उनकै निवास भैंसेपाटी पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले घरभित्रै लडेर घाइते भएका गौतमलाई भेट्न ओली भैंसेपाटी पुगेको जानकारी दिए । उनको आँखामा सामान्य चोट लागेको छ ।




प्रतिक्रिया