काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्रीसँगै महासचिव विष्णु पौडेल पनि सँगै गएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह छोडेर आफ्नो समूहमा आएपछि प्रधानमन्त्री अोली गौतम निवास भैंसेपाटी पुगेका हुन् ।
उपाध्यक्ष गौतमले पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने बताएका थिए । उनले ओलीको पक्ष लिँदै तत्काल प्रधानमन्त्रीले दुवै पद नछोड्ने बताएका थिए ।
मंगलबार बोलाइएको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एक पक्षीय ढंगले स्थगित गरेपछि बहुमत स्थायी कमिटी सदस्यहरुले असन्तुष्टी जनाएका थिए ।




प्रतिक्रिया