स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता, प्रधानमन्त्रीको नाम फिर्ता

स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता, प्रधानमन्त्रीको नाम फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाएर मन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो । आइतबार नै प्रधानमन्त्री अ‍ोलीको पनि नाम समावेश गरेर अवहेलना मुद्दा दर्ता गर्ने तयारी थियो तर, अदालतले प्रधानमन्त्रीको नाममा मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो ।

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्न दिएको आदेशको उल्लंघन गरेको भन्दै सोमबार अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्रबहादुर ओलीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतले गत असोज २७ गते कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशन दिएको थियो । सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो ।

नेपालको संविधानमा आदेशरफैसलाको अवज्ञा भएमा वा न्यायसम्पादनमा अवरोध भएमा अदालतको अवहेलनाको आरोपमा कारबाही हुने व्यवस्था छ । निवेदनमा प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाललाई एक वर्ष कैद र १० हजार रुपैंया जरिवानाको माग गरिएको छ ।