ओलीको प्रश्नः गल्ती माधव नेपालले गर्नुभयो तपाईंले किन राजीनामा दिने ?


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले भीम रावलको राजीनामा फिर्ता गर्नुपर्ने बताएका हुन् ।

माधव नेपालले गल्ती गरेको भन्दै अध्यक्ष ओलीले तपाईंले किन राजीनामा दिने ? भन्दै प्रश्न गरेका थिए । अध्यक्ष ओलीले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका छन् ।

‘उहाँको राजीनामा अनुपर्युक्त हो । गल्ती माधव नेपालले गर्नुभयो तपाईंले किन राजीनामा दिने ? फिर्ता लिनुपर्छ,’ ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

नेता रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए । उनले पार्टीको आन्तरिक विवादका कारण राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement