एमालेमा सहमतिको प्रयास : अध्यक्ष ओलीले भीम रावललाई छलफलमा बोलाए


काठमाण्डु– नेकपा एमालेको १०औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनको लागी छलफल सुरु भएको छ । चितवनको सौराहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न छलफल सुरू गरेका हुन ।

उनले एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावललाई छलफलका लागी बोलाएका छन् । रावलले १० औं महाधिवेशनमा ओली विरूद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सौराहास्थित पार्क सफारी रिसोर्टमा रावलसहितका नेताहरूसंग छलफल गर्न लागेका हुन । एमालेमा सहमतिमा नेतृत्व चयन गर्ने नेताहरूले बताउंदै आएका छन् । पदाधिकारीमा सहमति बन्ने सम्भावना भएपनि केन्द्रीय सदस्यमा भने निर्वाचन हुन सक्ने सम्भावना छ । तर, ओलीसहित एमालेको शिर्ष नेतृत्वले सवै पदमा सहमति गर्ने प्रयास थालेका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement