काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता हुने भएको छ ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भेटवार्ता हुने भएको हो । ओलीलाई भेट्न रावल र नेता सुवास नेम्वाङ होटल जाँदैछन् ।
सर्वसम्मत नेतृत्व चयनमा असन्तुष्टी जनाएका रावल र ओलीबीचको भेट यसअघि हुन सकेको थिएन ।
सहमतिअनुसार नै नेतृत्व चयन गर्ने तयारी गरिरहेका ओलीसँग रावलले निर्वाचन हुनुपर्ने अडान लिइरहेका छन् । दुवै नेताको भेटपछि फाइनल सुची प्रकाशित गरिने एक नेताले जानकारी दिए ।
नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची नेता विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहास्थित पार्क सफारी होटलमा बसेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका थिए ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ ।




प्रतिक्रिया