एमाले अध्यक्षमा केपी ओली र भीम रावलबीच रोचक भीडन्त

एमाले अध्यक्षमा केपी ओली र भीम रावलबीच रोचक भीडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको अध्यक्षका लागि दुई जना नेताले उम्मेद्वारी दिएका छन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् ।

चितवनको सौराहामा जारी एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार सुरु चुनावी प्रक्रियामा सहभागी हुँदै साविक अध्यक्ष ओलीले र रावलले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सर्वसम्मतीबाट नेतृत्व चयनका लागि आइतबार मध्यराति ओलीले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको सूची बन्दसत्रमा पेस गरेका थिए । ओलीको उक्त निर्णयमा भीम रावलले असन्तुष्टी जनाएका थिए । उनले चुनाव गराएर नेतृत्व चयन गर्नुपर्ने अडान लिएका थिए ।