मतगणना अपडेट : ओलीले चार सय मत ल्याउँदा रावललाई ४२ मात्रै

मतगणना अपडेट : ओलीले चार सय मत ल्याउँदा रावललाई ४२ मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा भएको निर्वाचनको प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन् । सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन् । अध्यक्षमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।