राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग मन्त्रिपरिषद् विस्तारबारेसमेत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले रिक्त सात मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरिरहेका छन् । नेकपा एमालेभित्र मन्त्री बन्ने नेताको आकांक्षी धेरै भएपछि प्रधानमन्त्रीलाई नाम टुंगो लगाउन सकस परेको छ ।

साथै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारमा नाममा कारण देखाउ आदेश जारी गरेको हो । उक्त विषयमासमेत छलफल भएको स्रोतले जानकारी दिए ।