राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार शीतल निवास पुगेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसमक्ष  भेटवार्ता गरेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सरकारबाट बाहिरिएपछि राष्ट्रपति र अ‍ोलीबीच पहिलोपटक भेटवार्ता भएको हो । गत जेठ ७ गते विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले असार २८ गते पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।