बुटवलबाट फर्किएलगत्तै ओलीले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

बुटवलबाट फर्किएलगत्तै ओलीले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार राति भेटवार्ता भएको हो ।

एमाले अध्यक्ष ओली बुटवलको कार्यकर्ता भेलालाई सम्बोधन गरेर फर्किएलगत्तै बालकोट नगई सिधै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । स्रोतका अनुसार उनीहरुबीच २ घण्टा लामो छलफल भएको थियो । उनीहरुबीच एमालेको आन्तरिक विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री पदबाट हटेपछि ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् । गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।