राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री अ‍ोली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद्को बैठक अगावै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन् ।

मन्त्रिपरिषद्को बैठक दिउँसो ४ गते बालुवाटारमा बस्दैछ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता सरकार प्रमुखको तर्फबाट नियमित जानकारीका लागि भेट भएको हो ।

आजको भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे पनि छलफल भएको स्रोतले जानकारी दियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोली बुधबार बसेको सचिवालय बैठकमा अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री अनुपस्थित भएको उक्त बैठक २० गतेका लागि स्थगित गरिएको छ । ओलीले सचिवालय बैठकको औचित्य नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement