काठमाण्डु – केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्ती हुने भएका छन् । उनलाई संसदको सबैभन्दा ठूला दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गर्न लागेकी हुन् ।
उनलाई राष्ट्रपति भण्डारीले भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गर्नेछिन् । प्रधानमन्त्रीमा नियुक्त भएका अोलीको भोली नै शपथ ग्रहण हुने स्रोतले जानकारी दियो ।
गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तिन दिनको समय दिएकी थिइन् ।
तिन दिनको समयमा विपक्षी दलहरुले बहुमत जुटाउन नसक्दा केपी ओली नै संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।




प्रतिक्रिया