राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

बालुवाटारमा केहीबेर बसेको एमाले स्थायी कमिटी बैठक सकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि  प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शससेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संवैधानिक इजलासले संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।

प्रतिनिधिसभा विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले संवैधानिक इजलासले मुद्धा दायर गरेका थिए ।