काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाँदैछिन् ।
आइतबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी र ओलीबीच भेट हुने भएको हो ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले आफू भण्डारीसँग भेट्ने बताएका थिए।
भण्डारीको सदस्यता नवीकरण र पार्टीको जिम्मेवारीबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ । पोलिटब्युरो बैठकबाट ५ गते बस्ने केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने म्यान्डेट लिइएको थियो ।




प्रतिक्रिया