ओली पक्षले भन्योः प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्र मान्य हुँदैन

ओली पक्षले भन्योः प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्र मान्य हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहकले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्र मान्य नहुने बताएको छ ।

मुख्यसचेक विशाल भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले फागुन १७ गते पसंसद सचिवालयलाई लेखेको पत्रप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् । उनले संसदीय दलको नेता केपी ओली नै रहेकाले संविधान विपरित गरिएको कार्य मान्य नहुने बताएका हुन् ।

‘नेपालको संविधान तथा प्रचलित कानून बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैर कानूनी निर्णय गरिएको भनि गरिएको पत्राचारको कुनै कानूनी आधार र प्रभाव हुनसक्दैन’, विज्ञप्तिमा भनिएको छ ।

उनले निर्वाचन आयोगको माघ १ गतेको निर्णयअनुसार नेकपाको बैटकको मान्यताप्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गर्नुपर्ने र पार्टीको आधिकारिक प्रत्राचारमा दुवै अधयक्षको हस्ताक्षर हुनुपर्ने र त्यसविपरित गरिएका कुनै बैठक तथा पत्राचारले मान्यता नपाउने बताएका छन् ।

भट्टराईले नेकपाबाट संसदमा संसदीय दलको नेता अ‍ोली, प्रतिनिधिसभा दलका उपनेता सुवास नेम्वाङ, मुख्यसचेतक आफू (भट्टराई) र सचेतक शान्ता चौधरीले प्रतिनिधित्व गरेकाले निर्वाचन आयोग र संसद सचिवलाय दुविधामा पर्न नहुने बताएका छन् ।