काठमाण्डु – नेकपा एमालेको महासचिव विष्णु पौडेल बन्ने भएका छन् । नेकपा एमालेको चितवनको सौराहामा जारी बन्दसत्रमा अध्यक्ष ओलीले आज पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची प्रस्तुत गर्दैछन् ।
शनिवार बन्द सत्रले अध्यक्ष ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । उनले सबै पक्षलाई समेटेर आज नाम प्रस्तुत गर्दैछन् । ओलीले उपमहासचिव रहेका पौडेललाई महासचिव बनाउने तयारी गरेको स्रोतको दावी छ । त्यस्तै नेता भीम रावललाई उपाध्यक्ष बनाउने उनको तयारी छ ।
पौडेल यसअघि नेकपाको महासचिव समेत थिए । हाल एमालेको संगठन विभाग प्रमुख रहेका पौडेल एमालेका कुशल संगठक समेत मानिन्छन् । उनि यसअघि अर्थमन्त्री समेत थिए ।
महासचिवमा अर्का नेता शंकर पोखरेलको दावी भएपनि अन्तिममा शक्ति सन्तुलन मिलाउन पौडेललाई महासचिव बनाउने निष्कर्शमा ओली पुगेका हुन । महासचिमा अर्का नेता सुरेन्द्र पाण्डेको समेत दावी थियो । अध्यक्ष ओलीले दुवै जनालाई उपाध्यक्ष बनाउन खोजेका छन् ।
बन्द सत्रमा आज नाम घोषणा गरेपछि प्रतिनिधीहरुले ध्वनी मतबाट त्यसलाई पारित गर्ने तयारी छ । एमालेमा अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने सम्भावना छ । अध्यक्षमा दावी गरिरहेका नेता रावललाई मनाउने प्रयास निकट नेताहरुले गरेका छन् । उनि निकट नेताहरुले रावललाई वरिष्ठ उपाध्यक्ष बनाउन माग गरिरहेका छन् । तर, वरिष्ठ उपाध्यक्षमा नेता ईश्वर पोखरेल बन्ने लगभग पक्कापक्की भइसकेको छ ।




प्रतिक्रिया