‘प्रधानमन्त्रीज्यू ! चिनिको मल हालेर तितेपाती गुलियो कहाँ हुन्छ ?’

‘प्रधानमन्त्रीज्यू ! चिनिको मल हालेर तितेपाती गुलियो कहाँ हुन्छ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनले पैदलै घर गइरहँदा मजदुरलाई नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आजको श्रमिक दिवसको सन्देश ‘रंगीन कागजको फुल’ जस्तै भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले भनेका छन्, ‘श्रमिक पैदल घर गइरहंदा नभेटिएका @PM_Nepal को श्रमिक दिवसको संदेश ‘रंगीन कागजको फुल ‘।’

उनले अहिले देखिएको अस्थिरताको जड प्रधानमन्त्री स्वयं भएको पछि मिडियालाई दोष थुपारोको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको शुभकामना दिने क्रममा केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए ।

कांग्रेस प्रवक्ता शर्माले कोरोनाको संकटमा राजनीतिक घटनाक्रम विकास गरेर आफैं अस्थिरता निम्त्याउन लागेर मिडियालाई दोष लगाउनु गलत भएको उल्लेख गरेका छन् ।

‘अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई दोष । अझ धम्कीको भाषा । उहाँकै शैलीमा भन्नुपर्दा ‘तितेपाती गुलियो कहाँ हुन्छ, चिनिको मल हालेर’, उनले भनेका छन् ।