सचिवालय बैठक छल्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

सचिवालय बैठक छल्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पनि १ बजेका लागि बोलाइएको छ । सचिवालय बैठक छल्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएको नेकपाका नेताहरुको आरोप छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै आएका प्रधानमन्त्री ओलीले मंगलबार बैठक सार्न प्रस्ताव गरेका थिए ।

तर, बहुमत सचिवालय सदस्यहरुबाट आएको उक्त प्रस्ताव फिर्ता नलिने अडान लिएका अध्यक्ष प्रचण्डले आजको बैठक कुनै पनि हालतमा स्थगित नहुने बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’आएको बताएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री अ‍ोली र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले दुवै अध्यक्षलाई मिलेर अगाडि बढ्न आग्रह गरेकी थिइन् ।

त्यस्तै मंगलबार राती चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् । नेकपाभित्रको विवाद चर्किरहेका बेला राजदूतको उक्त भेटलाई महत्वका साथ हेरिएको छ ।