संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता र सभामुख अनुपस्थित

संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता र सभामुख अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख अनुपस्थित भएका छन् ।

आइतबार बिहान बालाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएका हुन् ।

सभापति देउवा कांग्रेसले गर्ने देशव्यापी आन्दोलनकाे तयारीमा रहेकाले बैठकमा सहभागी भएनन् भने सभामुख सापकोटा पूर्वनिर्धारित कार्यक्रम अनुसार अन्य बैठकमा व्यस्त भएका हुन् ।

दुवै जना सदस्य अनुपस्थित रहेपछि बैठक स्थगित भएको छ । स्रोतकाअनुसार गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गर्नुपरेको हो ।

आजको बैठकमा प्रधानन्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाउपस्थित थिए । ६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।