प्रधानमन्त्री ओलीद्वारा चीनमा धान उत्पादन क्षेत्रको भ्रमण (तस्बिरहरू)

प्रधानमन्त्री ओलीद्वारा चीनमा धान उत्पादन क्षेत्रको भ्रमण (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान थियानजिनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगै नेपाली प्रतिनिधिमण्डलले पनि धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार चीनको थियानजिन पुगेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी जिङपिनसँग भेटवार्ता गरेका थिए । उनले आइतबार नै शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।