प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गर्ने विपक्षी गठबन्धनबीच सहमति


काठमाण्डु – विपक्षी गठबन्धनका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध एक भएर जान सहमत भएका छन् ।

सोमबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओली असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेर जाने सहमति भएको हो ।

त्यस्तै बैठकले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी काम नगर्न ध्यानाकर्षण गराएको छ । नेताहरुले कोरोना भाइरसको संक्रमणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काबीच कोटेश्वरमा भेटवार्ता भएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेलाई ०७५ जेठ २ अनुसार कायम पार्टी संगठनका बैठक बोलाउन तयार भएका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement