काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पहिलो मात्रा खोप लगाएका हुन् ।
ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने छ।
करिब १६ लाख ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप प्रदान गर्ने लक्ष्य सरकारको रहेको छ । सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो ।
त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ भने आजै कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्दै छ ।




प्रतिक्रिया