केपी ओली कप फुटबलमा आज दोस्रो सेमिफाइनल हुँदै

केपी ओली कप फुटबलमा आज दोस्रो सेमिफाइनल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदै ।

दोस्रो सेमिफाइनलमा केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ ।

आयोजक केपी ओली एफसीले न्युरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गरेको थियो । आजको विजेताले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ । ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।