केपी ओली कप फुटबल : उपाधिका लागि मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै

केपी ओली कप फुटबल : उपाधिका लागि मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोबार मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरको दशरथ रगङ्शालमा बेलुका ६ बजे हुनेछ । मच्छिन्द्र क्लब केपी ओली कपको दुई पटकको विजेता हो ।

यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।