पहिलोपल्ट एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि संक्रमित भएकाे उनकाे सचिवालयले जनाएकाे छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि दुवै जना बालकोटस्थित निवासमै होम आइसोलेशनमा बसेका छन् । ओली कोरोना संक्रमित भएसँगै एमालेका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन् ।

आज ओलीले प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेका थिए । तर कोरोना संक्रमित भएका कारण उनले प्रेस वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । नेपालमा कोरोना भाइरस महामारी फैलिएको दुई वर्षमा अध्यक्ष ओली पहिलोपटक संक्रमित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement