एमसीसी उपाध्यक्षलाई ओलीको जवाफः हामी पोजिसन बनाउँदैनौं, गठबन्धनले पोजिसन क्लियर गर्नुपर्छ

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफः हामी पोजिसन बनाउँदैनौं, गठबन्धनले पोजिसन क्लियर गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चार दिने नेपाल भ्रमणका लागि काठमाण्डु आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन् ।

बिहीबार बिहान काठमाण्डु आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा अध्यक्ष ओलीसँग उपाध्यक्ष सुमारले एमसीसी परियोजना पास गर्न आग्रह गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाण्डु रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।