काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालमाथि आक्रोश पोखेका छन् ।
सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको गद्दारलाई कारबाही नगरे एमाले नै नरहने भन्दै आक्रोश पाखेका हुन् ।
‘हिजो संसदमा शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो,’ उनले भने, ‘यो हाम्रो पार्टीका लागि ‘शर्मनाक’ र ‘लज्जास्पद’ हो । ‘गद्धार’लाई कारबाही नगरे एमाले नै रहन्न ।’
आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए । एमालेले संस्थागत रुपमा देउवाको विपक्षमा मत दिने निर्णय गरेपनि सांसदहरुले ह्वीप उल्लंघन गर्दै देउवाको पक्षमा मतदान गरेका थिए । २२ मध्ये १२ जना सांसद नेपाल पक्षका थिए भने ८ जना ओली पक्षकै सांसद थिए ।




प्रतिक्रिया