एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य


काठमाण्डु – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी हाल होम आइसोलेशनमा नै रहेको जानकारी दिएका हुन् ।

“हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको अवस्था सामान्य रहेको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement