काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन थप लम्बिन सक्ने संकेत गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले लाखौंको संख्यामा युवाहरु विदेशबाट फर्किने क्रम रहेकाले संक्रमण फैलिन डर त्यत्तिकै रुपमा रहेका कारण लकडाउन थप लम्बिन सक्ने संकेत गरेका हुन् ।
उनले दशैं जस्ता चाडबाडमा थप मानिस आउने भएकाले संक्रमणको खतरा बढेको बताएका छन् ।
‘हाम्रा चाडबाड आउँदैछन्, त्यतिबेला विदेशबाट आउने क्रम बढ्छ, त्यसबाट संक्रमण झन् फैलिएर केही पछिसम्म लम्बिन सक्छ’, उनले भने, ‘हामी वार्षिक रुपमा हामीले जति रोजगारीका अवसरहरु सिर्जना गर्न सक्थ्यौं । हामीले जुन आँकलन गरेका थियौं । अबको समस्याले त्यो समस्या समाधान गर्न सकिँदैन । त्यो सामथ्र्यको सीमामा बस्यो भने समाधान गर्न सकिँदैन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारका सबै अंगको प्रभावकारी परिचालनका लागि केही कार्यालयहरुलाई प्रधानमन्त्री मातहत ल्याइएको बताएका छन् ।
‘अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सबै निकाय र अंगको प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री माताहत केही कार्यालय ल्याइएको हो ।’




प्रतिक्रिया