प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने नेपाल समूहको तयारी

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने नेपाल समूहको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फागुन २८ गते एकलौटी रुपमा संगठन विस्तार गरेपछि नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । एमालेको अर्को खेमा माधव कुमार नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयलाई लत्याउँदै प्रधानमन्त्री अ‍ोलीले एकलौटी रुपमा पार्टीका कामकारबाही अगाडि बढाएको भन्दै नेपाल समूहले अदालतमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार प्रधानमन्त्री अ‍ोलीले अदालतले गरेको निर्णय कार्यान्वयन नगरेकोले अवहेलना मुद्दा दर्ता गर्न लागिएको हो ।

‘पछिल्लो समय हामी(नेपाल समूह)लाई बहिस्कार गर्दै प्रधानमन्त्रीले एकलौटी रुपमा पार्टी सञ्चाललन गरिरहेका छन् । सर्वोच्चको फैसलाविपरित गरिएका कार्य हामीलाई मान्य हुँदैन । छिट्टै नै कानून व्यवसायीहरुसँग छलफल गरेर अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेका छौं’, नेपाल निकट एक नेताले भने ।

फागुन २८ गते प्रधानमन्त्र अ‍ोलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर संगठन विस्तार गरेका थिए । त्यस्तै उनले नेपाल समूहले पाएका सबै जिम्मेवारी खोस्दै माओवादी केन्द्रका २३ जना नेताहरुलार्य एमालेमा विभिन्न जिम्मेवारी दिएका थिए । प्रधानमन्त्रीको उक्त कदमबाट रुष्ट बनेको नेपाल समूहले छुट्टै गतिविधि गर्दै आइरहेको छ ।

पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बनसमेत गरेको छ । प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढंगले नेताहरुलाई छानीछानी कारबाही गरेको भन्दै नेपाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले विरोध जनाएको थियो ।