काठमाण्डु – धुम्बाराहीमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली र माधव नेपाललाई सामान हैसियतको बस्ने व्यवस्था गरिएको छ ।
पार्टीको ब्यानरमुनी प्रधानमन्त्री ओली र उनको बाँयातर्फ महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् भने दायाँतर्फ क्रमश वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावल रहेका छन् ।
उक्त बैठकमा प्रधानमन्त्री ओली, नेपाल, रावल र पोखरेललाई उस्तै टेबुल कुर्सीको व्यवस्था गरिएको छ ।
बैठकमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त छन् ।
यसअघि नेकपा हुँदा बस्ने कुर्सीलगायतका विषयमा विवाद हुँदै आएको थियो । नेकपा हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको बस्ने आशन र कुर्सीलाई लिएर विवाद उत्पन्न भएको थियो ।




प्रतिक्रिया