काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालको गुटसँग डिल नगर्ने बताएका छन् ।
बुधबार साँझ नेपाल प्रेसलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले नेता नेपालले विभिन्न होटेलमा गुटगत भेला चलाएकाले आफूले कुनै सम्झौता नगर्ने बताएका हुन् । उनले पार्टीको विधि विधान विपरित काम गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
‘एमालेमा अब गुटसँग डिल गर्दिन । कारवाही प्रक्रिया शुरु हुन्छ । नाङ्गलो ढटाएर हात्ती तर्साउने काम नगरे हुन्छ । राष्ट्रिय भेला भनेर बकवास गर्न पाइन्छ ? पार्टीमा अब मेरो अविभावकिय भूमिका हुन्छ’, उनले भने ।
उनले आफूले पार्टी कार्यालयमा बोलाएर छलफल गर्ने तर, नेपाल पक्ष भने गुटगत भेला गरेर हिँड्न थालेको बताए । उनले माधव नेपालले पार्टी फुटाउन सहज पार्ने अध्यादेश ल्याउन आग्रह गरे आफू तयार रहेको बताएका छन् ।




प्रतिक्रिया