काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।
नेपाल समूहले आफुहरुका माग पूरा गर्नका लागि प्रधानमन्त्री अोलीलाई दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको हो ।
नेपाल समूहले नवौं राष्ट्रिय महाधिवेशनको निर्णयअनुसार केन्द्रीय कमिटी र फागुन २७ गतेका सबै निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै पटकपटक प्रधानमन्त्रीलाई अल्टिमेटम दिँदै आएको छ ।
आज प्रधानमन्त्री अोली र नेता नेपालबीच भेटवार्ता हुने नेता भीम रावलले जानकारी दिए । उनले दिउँसो ४ बजेसम्म माग पूरा नगरे सामूहिक राजीनामा दिने बताए ।
नेता रावलले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन प्रधानमन्त्री सकारात्मक देखिएको बताइए पनि त्यसको आधिकारिता दाबी गर्ने बताए ।




प्रतिक्रिया