काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
बुधबार साँझ मेरियट होटलमा भएको वार्तामा प्रधानमन्त्री ओलीले नेता नेपाललाई शुक्रबार बिहान ११ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना भनाई राख्न आग्रह गरेका हुन् ।
सोही विषयबारे निर्णय गर्न उनी आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन् । नेता नेपालले हिजो भएको वार्ताबारे ब्रिफिङ गर्न आफू पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।
नेपाल पक्षका नेता योगेश भट्टराईले लामो समयको सम्वादहिनता तोडिएको बताए । उनले दुवै नेताबीच छलफल निरन्तर रुपमा अगाडि बढ्ने बताए ।
‘लामो समयको संवादहिनतालाई तोडेर दुवै नेताहरु छलफलमा जुट्नु भएको छ । यसले निरन्तरता पाउँछ । प्रधानमन्त्री र वरिष्ठ नेता माधव कमरेडले आफू पक्षीय नेताहरुसँग छलफल थाल्नुहुनेछ । र फेरि उहाँहरु बसेर नमिलेका विषयमा वार्ताका माध्यमबाट टुंगो लगाउनुहुनेछ’, नेता भट्टराईले भने ।




प्रतिक्रिया