काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
आइतबार राती एमालेको विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेपछि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो ।
दुवै नेताबीच हिजो भएको सहमतिलाई अनुमोदन गर्नेगरी भेटवार्ताको तयारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनले भेटवार्ताको समय टुंगो नलागेको स्पष्ट पारेका छन् ।
हिजो झण्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको थियो । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक मंगलबारका लागि बोलाइएको छ । उक्त बैठकमा माधव नेपाल समूह पनि उपस्थित हुने नेताहरुले बताएका छन् ।




प्रतिक्रिया