ओलीलाई नेपाल पक्षका २२ जना सांसदले दिए स्पष्टीकरण

ओलीलाई नेपाल पक्षका २२ जना सांसदले दिए स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल पक्षका २२ जना सांसदहरुले स्पष्टीकरणको जवाफ दिएको छ । आज नेपाल समूहका २२ जना सांसदहरुले बुधबार अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका हुन् ।

उनीहरुले संविधान, पार्टीको विधान र सर्वोच्च अदालतलको फैसला बमोजिम आफ्नो अधिकारको प्रयोग गरेको जवाफ पत्रमा उल्लेख गरेका छन् ।

सामूहिक रुपमा पठाइएको स्पष्टिकरण पत्रमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्ने उल्लेख गरेका छन् ।

उनीहरुले तत्कालीन प्रधानमन्त्री ओलीले नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त भएकाले बाध्यतावशः शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताएका छन् ।

‘मिति २०७८।१।२७ गते विश्वासको मत प्राप्त गर्न नसके पछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्दथ्यो । राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो,’ पत्रमा भनिएको छ, ‘त्यसैले त्यस्तो कार्यको विरोध स्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् । त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन । हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको छ ।’

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टिकरण सोधेको  थियाे ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।