काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ताको तयारी भएको छ । पार्टी विभाजनको अवस्थामा पुगेका बेला मंगलबार अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुवै नेताबीच आजै भेटवार्ता हुने भएपनि समय र स्थानको टुंगो नलागेको जानकारी दिए ।
उनले केहीबेरपछि समयको टुंगो लाग्ने बताए । नेता नेम्वाङले एजेण्डा तय गरेर भेटवार्ताको समय र स्थानको टुंगो लाग्ने बताए । आजको भेटवार्ताले एमालेको विवाद वार कि पार हुने नेताहरुले बताएका छन् ।
सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन शीर्ष नेताहरबीच छलफल गरेर सहमतिको बिन्दुमा पुग्ने निष्कर्ष निकालेको थियो ।
ओली र नेपाललाई भेट गराउन र पार्टीलाई एकताबद्ध बनाउन एमालेका दोस्रो तहका नेताहरु लामो समयदेखि प्रयासरत छन् । दुवै नेताबीच यसअघि पटकपटक भएका भेटवार्ता बिना निष्कर्ष टुंगिएको थियो ।




प्रतिक्रिया