काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलसिँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।
नेता नेपालले प्रधानमन्त्री ओलीसँग बुधबार साँझ भएको भेटवार्ताको ब्रिफिङ गरेको सांसद गणेश पहाडीले जानकारी दिए ।
भेटवार्तामा पार्टी एकता, माओवादी केन्द्रबाट सरकारमा आएका नेताहरुको जिम्मेवारी, सरकारलगायतका विषयमा छलफल भएको नेता नेपालले जानकारी गराए । उनले फागुन २८ गते भएको निर्णय फिर्ता हुनुपर्ने माग प्रधानमन्त्रीसँग् गरेका थिए ।
‘सर्वोच्च अदालतले फागुन २३ को फैसलाअनुसार नेकपा एमाले जेठ २ गते अगाडिका सबै कमिटीहरुलाई पुनःस्थापित गर्नुपर्छ’, नेता नेपालको भनाई उद्धृत गर्दै सांसद पहाडीले काठमाण्डुपाटीसँग भने, ‘फागुन २८ गतेको निर्णयमा ब्याक हुनुस् । एमालेको पुरानो केन्द्रीय कमिटीको बैठक बसौं र माओवादीबाट आएका नेताहरुलाई मनोनित गर्न सकिन्छ ।’
नेता नेपालको प्रस्तावबारे खासै चासो नदिएका प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाह गर्ने जवाफ दिएका थिए । सांसद पहाडीले प्रधानमन्त्री ओलीले माधव नेपालका सबै प्रश्नको जवाफ नदिएको बताए ।
भेटवार्तामा दुवै नेताबीच ‘मन माझामाझ’ भएको थियो । प्रधानमन्त्री अोलीले आफूलाई पार्टी सदस्यसमेत नरहने गरी किन कारबाही गर्नुभयो ? भन्दै प्रश्न गरेका थिए ।
जवाफमा नेता नेपालले तत्कालिन नेकपाका कुरा नगरौं भन्दै पार्टीमा एकलौटी निर्णय गर्दै हिँडेकाले कारबाही गर्नुपरेको बताएका थिए ।
केहीबेरको रस्साकस्सीपछि दुवै नेताहरुले एमालेलाई एकताबद्ध राख्नका लागि पुनः छलफल गर्ने भन्दै छुट्टिएका थिए ।




प्रतिक्रिया