काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बहिस्कार गर्ने भएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बहिस्कार गर्ने निर्णय गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । उनले सामूहिक निर्णय नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने बताएका हुन् ।
‘व्यक्तिगत हिसाबले जाने कुरा हुँदैन । सामूहिक निर्णय नभएसम्म हामी कुनै पनि बैठकमा जाँदैनौं’, उनले भने ।
सांसद खतिवडाले प्रधानमन्त्री अोली पार्टीको विधिअनुसार चल्नुपर्ने बताए ।
नेपाल समूहले २०७५ जेठ २ गतेको निर्णयमा फर्किनुपर्ने माग राख्दै आइरहेको छ । तर, प्रधानमन्त्री ओलीले जेठ २ को निर्णयमा फर्किन नसक्ने बताउँदै आएका छन् ।
बुधबार र बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । दुवै पक्षले आ–आफ्नै अडान लिएपछि बैठक निष्कर्षविहीन बनेको थियो ।




प्रतिक्रिया