नेपाल समूहसँग प्रधानमन्त्रीको निरन्तर छलफल, कारबाही फुकुवा गर्ने तयारी

नेपाल समूहसँग प्रधानमन्त्रीको निरन्तर छलफल, कारबाही फुकुवा गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ ।

बिहीबार राती नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर भेटवार्ता गरेको हो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल समूहका नेतामाथि गरेको कारबाही फुकुवा गर्नुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री ओलीले फुकवा गर्न सकिने बताएको नेता भुसालले जानकारी दिए ।

उनले नेपाल समूहलाई वैशाख २७ गते विश्वासको मत दिन आग्रह गरेका थिए । दुवै पक्षले आ–आफ्ना भनाई राखेर बाहिरिएको नेता भुसालले बताए ।

‘हामीले आफ्ना कुरा राख्यौं । प्रधानमन्त्रीजीले पनि आफ्ना कुरा राख्नु भयो । भेटवार्ता सकारात्मक छ’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले एमाले नेता नेपालसँग पनि टेलिफोन सम्पर्क गरेका छन् । उनले पार्टीभित्र देखिएका विवादलाई हल गर्ने र संसदमा विश्वासको मत दिनका लागि आग्रह गरेको स्रोतले जानकारी दियो ।

नेता नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर फर्किएलगत्तै प्रधानमन्त्रीले फोन गरेका थिए । टेलिफोन कुराकानीक्रममा नेता नेपालले आफूहरुमाथि लागेका कारबाही फुकुवा फागुन २७ का निर्णय फिर्ता हुनुपर्ने माग राखेका थिए ।

जवाफमा प्रधानमन्त्री अ‍ोलीले कारबाही फुकुवा गर्न सकिने तर, अन्य विषयमा पुनरावलोकन गर्न नसकिने बताएका थिए । नेता नेपाललाई प्रधानमन्त्री ओलीले विश्वासको मत दिन पनि आग्रह गरेको बताइएको छ ।